आयरल्याण्डले नेपाल ‘ए’ लाई दियो २८५ रनको लक्ष्य, डोहेनीको शतकीय इनिङ

एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा आयरल्याण्ड वल्भ्सले नेपाल ‘ए’ लाई २ सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको आयरल्याण्डले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनायो ।  

उसका लागि स्टिफन डोहेनीले शतकीय पारी खेले । उनले १२९ बलमा ९ चौका र दुई छक्कासहित १०७ रनको पारी खेलेका हुन् ।

यस्तै, पिटर मूरले ४४, म्याथ्यू हम्फ्रेजले २३, मोर्गन टपिङले २१, फिओन ह्यान्डले २०, बेन ह्वाइटले अविजित १९ र गेभिन होयले १४ रन जोडे ।

नेपालका लागि रिजन ढकाल र रञ्जित कुमारले तीन/तीन तथा साहब आलम र विकास आग्रीले एक/एक विकेट लिए  । तीन खेलको सिरिज नेपालले एक खेल अगावै पाहुना टिमलाई सुम्पिसकेको छ । 



नेपाल ‘ए’ आजको खेल जितेर ‘क्लिन स्विप’ बाट जोगिन पूरा कोसिस गर्नेछ । अघिल्लो दुई खेलमा नेपाल खराब ब्याटिङका कारण पराजित भएको थियो । 

नेपालको प्लेइङ–११ : अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, विनोद भण्डारी (कप्तान), साहब आलम, रञ्चित कुमार, रूपेश सिंह, रिजन ढकाल र विकास आग्री । 



  • प्रकाशित मिति : चैत २५, २०८० आइतबार १३:८:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया