दोहोरो अंकले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अंकले घटेर दुई हजार २५ दशमलव ३० को विन्दुमा कायम भएको हो ।

आज तीन सय आठ कम्पनीको ८६ लाख ९६ हजार नौ सय १८ कित्ता सेयर ६१ हजार चार सय २० पटक खरिदबिक्री हुँदा तीन अर्ब ४८ करोड ५६ लाख ६० हजार छ सय ४० बराबरको कारोबार भएको छ ।

उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव १३ र व्यापार समूह एक दशमलव ४६ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै वित्त समूह दुई दशमलव ५० प्रतिशतले घटेको छ । 

बैंकिङ शून्य दशमलव ०३, विकास बैंक एक दशमलव २५, होटल तथा पर्यटन एक दशमलव ६७, जलविद्युत् शून्य दशमलव ०४ र लगानी शून्य दशमलव ४० प्रतिशतले घटेको छ । त्यसैगरी जीवन बिमा समूह एक दशमलव २५, लघुवित्त एक दशमलव १५, म्युचुअल फन्ड शून्य दशमलव ७३, निर्जीवन बिमा समूह एक दशमलव ०४ र अन्य समूह शून्य दशमलव ४४ प्रतिशतले घटेको छ ।

मान्डु हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै नौ दशमलव ६९ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको १२ करोड ५४ लाख ८८ हजार बराबरको सेयर कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने ङादी ग्रुप पावर लिमिटेडको दुई लाख ५६ हजार सात सय आठ कित्ता सेयर किनबेच भएको छ ।





  • प्रकाशित मिति : चैत २८, २०८० बुधबार १६:२७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया