उत्तर काेरियाली नेता किमकाे मृत्यु भएकाे दाबी, किमजस्तै तानाशाही छिन् उनकी बहिनी ?

उत्तर कोरियाली तानाशाह किम जङ उन अहिले कोमामा भएको समाचार आइरहेका छन् । यहीबीच उनले आफ्नी बहिनीलाई विशेष अधिकार पनि सुम्पिएका छन् । उनी बहिनी किम यो जङ त्यसैले अब मिडियाको चासो र चर्चामा आउन थालेकी छिन् । 

के अब उनले पनि किमले जस्तै तानाशही प्रवृत्तिबाट उत्तर कोरियामा शासन गर्लिन् ? अहिले यो प्रश्न विश्वभरका विभिन्न मिडियाले निकै चासोका साथ हेर्न थालेका छन् । 

किमको बिग्रँदो स्वास्थ्य र उनले बहिनीलाई थपिदिएको जिम्मेवारीका कारण पनि यो चर्चामा आइरहेको छ । त्यसो त दक्षिण कोरियाली जासुसी संस्थाको एक रिपोर्टमा त किमले बहिनीलाई सत्ता सुम्पिएका उल्लेख गरिएको छ ।

उता, अमेरिकी सेनाका कर्नेल डेभिड म्याक्सवेलले पनि न्युयोर्क पोस्टसँग कुराकानी गर्दै बताएका छन्, ‘किमकी बहिनीले पनि परिवारको प्रतिष्ठा तथा इतिहासलाई हेर्दै उस्तै कडा शासन उत्तर कोरियामा गर्नेछिन् ।’

अरु केही विशेषज्ञले उनी महिला भए पनि शासन गर्ने मामिलामा निकै कठोर भएको हुनसक्ने बताएका छन् । बिबिसीका एक पूर्वपत्रकार राय क्यालीले एक्सप्रेसडटकोडटयुकेलाई दिएको एक अन्तर्वार्तामा भनेका छन्, ‘किमकी बहिनी किमभन्दा कम कठोर छैनन् ।’

अनि अहिले त विश्वका विभिन्न संचारमाध्यमहरुले स्रोतहरुको हवाला दिँदै किमको मृत्यु भइसकेको र अहिले नै उत्तर कोरियालाई बहिनीले चलाइरहेको दाबी पनि गरेका छन् ।





  • प्रकाशित मिति : भदौ १०, २०७७ बुधबार ८:५१:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया