हातमा चुरोट लिँदै किमले भने– कोरोना नियन्त्रणमा सोचेजस्तो काम भएको छैन

केही दिनअघि कोमामा रहेका छन् भनिएका उत्तर कोरियाली नेता किम जङ उन पूर्ण स्वस्थ भएको अब प्रमाणित भएको छ । उनले उत्तर कोरियामा हालसालै गरेको एक बैठकका तस्वीरहरु सार्वजनिक भएका छन् । यो बैठकमा किमले कोरोनाभाइरस महामारी र अर्को साता आउने भनिएको एक तुफानको विषयमा आफ्नो धारणा राखेको अन्तर्राष्ट्रिय माध्यमले जनाएका छन् ।

पार्टीको पोलिटब्यूरो बैठकमा उनले कोरोनाभाइरस नियन्त्रणका लागि सोचेजस्तो काम नभएको बताएका छन् । 

अहिलेसम्म उत्तर कोरियामा एक जना पनि कोरोनाभाइरस संक्रमित भेटिएका छैनन् । तर, भेटिएको खण्डमा निकै ठूलो क्षति पुग्न सक्ने उनले पार्टीका नेताहरुलाई बताएका छन् । यसका लागि तयारी गर्न उनले निर्देशन दिएको बताइएको छ ।





  • प्रकाशित मिति : भदौ ११, २०७७ बिहीबार ०:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया