ओखलढुंगामा आगलागी हुँदा चार वर्षीया बालिकाको मृत्यु

ओखलढुंगामा आगलागी हुँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ । 

जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-६ मा आइतबार दिउँसो भक्तीशरी राईको गोठमा आगलागी हुँदा समिता राई खड्काकी चार वर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार गोठमा रहेका दुईवटा गाई र चारवटा खसीबाख्रा पनि जलेर नष्ट भएका छन् । 

बालिकाले लाइटर चलाउँदा गोठमा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
 





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार ७:४१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया