राष्ट्रिय गौरवको आयोजना : तीन ठेकेदार कम्पनी कारबाहीमा

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको रानी विराटनगर इटहरी, धरान हुँदै किमाथाङ्का जोड्ने व्यापारिक मार्गको काममा ढिलाइ गर्ने तीन ठेकेदार कम्पनी कारबाहीमा परेका छन् । समयमा काम सम्पन्न नगर्ने गीताञ्जली जेभी, पप्पु कन्ट्रक्सन र कान्छाराम कन्ट्रक्सन रहेका छन् ।

ती ठेकेदार कम्पनीमध्ये गीताञ्जलीलाई दुई करोड ४० लाख, पप्पु जेभी कन्ट्रक्सनलाई १ करोड ४० लाख र कान्छाराम जेभीलाई दुई करोड ३२ लाख जरिवानासमेत गरिएको छ, लेन सडक आयोजनाका इन्जिनियर उपेन्द्र दासले बताए ।

उनका अनुसार समयमा काम नसकेका ती कम्पनीलाई जरिवाना गरिएको हो ०६९–७० मा सम्झौता भई काम भइरहेको सडक आयोजनाको मोरङको रानीदेखि सुनसरीको धरानसम्मको कामका लागि ठेक्का लागेको छ । ४४ किलोमिटर सडकका लागि निर्माणका लागि टुक्रामा ठेक्का लगाइएको छ ।

सडकको ७ स्थानमा कान्छाराम कन्ट्रक्सनले,४ स्थानमा तुदिरमण, २ स्थानमा आशिष कन्ट्रक्सनले ठेक्का पाएका छन् ।

राष्ट्रिय गौरवको सो आयोजनामा रौता कन्ट्रक्सन, पप्पु जेभी कन्ट्रक्सन, गीताञ्जली जेभी र प्यासिफिक निर्माण कम्पनीले १–१ स्थानमा सडक बनाउन ठेक्का पाएका छन् । तर, ठेक्का पाएका कम्पनीले हालसम्म कुनै स्थानको पनि काम सम्पन्न गर्न सकेका छैनन् ।

कुल १० अर्ब ९८ करोड लागतमा निर्माण भइरहेको सडक ०८० सालसम्म सक्नुपर्ने जिम्मेवारी पाएका निर्माण कम्पनीले समयमा काम नसक्दा निर्धारित समयमा काम नसकिने देखिएको हो । सडक विस्तारको काम हाल सम्म ७५ प्रतिशत सम्पन्न भएको छ ।



सुनसरीको इटहरीदेखि तरहरासम्म करिब ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । तरहरादेखि धरानको तीनकुनेसम्म साढे ९ किलोमिटर सडक गत वर्ष मात्रै ठेक्का लागेर काम भइरहेको छ ।

दुहबी र धरान मुख्य बजारमा अहिलेसम्म ठेक्का लाग्न सकेको छैन । तर, आयोजनाले समयमै काम सक्ने बताउँदै आएको छ । इन्जिनियर दासले गत वर्षदेखि नै कामले तीव्रता पाएकाले अब काम अघि बढ्ने बताए ।



सडक निर्माण भएसँगै भारत नेपाल र चीन तीन देश जोड्ने सबैभन्दा छोटो दूरीको सडक बन्नेछ ।

  • प्रकाशित मिति : साउन २४, २०७८ आइतबार २०:२६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया