पहिलो हाफमा नेपाललाई दुई गोलको अग्रता

दशरथ रंगशालमा जारी बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलको पहिलो हाफ सकिँदा नेपाली महिला टोलीले २–०को अग्रता लिएको छ ।

सिनियर टोलीबाट अन्तर्राष्ट्रियमा डेब्यु गरिरहेका सविता राना र प्रीति राईले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् । 

खेलको १४औँ मिनेटमा सविताले गोल गर्दै नेपाललाई अग्रता दिलाइन् । २३औँ मिनेटमा सरु लिम्बूको पासलाई सदुपयोग गर्दै प्रीति राईले टोलीको अग्रता दोब्बर बनाइन् ।

नेपालले एएफसी महिला एसियन कप छनोटको तयारीस्वरुप बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो खेल आइतबार हुनेछ ।

यो नेपाली महिला सिनियर टोलीको दशरथ रंगशालमा पहिलो अन्तर्राट्रिय खेल हो । यही खेलमार्फत प्रशिक्षक ग्यारी फिलिप्सले पनि नेपालका लागि डेब्यु गरेका छन् । 
 





  • प्रकाशित मिति : भदौ २४, २०७८ बिहीबार १७:५६:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया