राज्यमन्त्री श्रेष्ठले थाले प्रधानमन्त्री कार्यालयमा काम

राज्यमन्त्री उमेश श्रेष्ठले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पदभार ग्रहण गरेका छन् । स्वास्थ्य राज्यमन्त्रीबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी पाएका राज्यमन्त्री श्रेष्ठले पदभार ग्रहण गर्दै काम थालेका हुन् । 

पदभार ग्रहणपछि राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री कार्यालयबाट सम्पादन गर्नुपर्ने अनुगमन तथा मूल्याङ्कन, अन्तर निकाय समन्वय तथा सहजीकरण लगायतका विभिन्न सुधारसम्बन्धी कार्यहरूलाई थप प्रभावकारी रूपमा अघि बढाउन आफू क्रियाशील हुने बताए । 

पदभार ग्रहणपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवहरूसँग छलफल समेत गरेका थिए । छलफलको क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारका प्राथमिकता कार्यान्वयनको अनुगमन, विकास आयोजनाहरूको तीव्रता, लगानी आकर्षण तथा प्रशासनिक र कानुनी सुधारलाई अघि बढाउन ध्यान दिने बताएका थिए । 

पदभार ग्रहण कार्यक्रममा मुख्यसचिव शंकरदास वैरागी, प्रधानमन्त्री कार्यालय मातहत निकायका सचिवहरू, राष्ट्रिय अनुसन्धान विभाग अधिकारी लगायतको उपस्थिति रहेको थियो । 





  • प्रकाशित मिति : असोज २४, २०७८ आइतबार २१:१०:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया