साफ च्याम्पियनसिपमा आज श्रीलंकाविरुद्ध खेल्दै नेपाल

बंगलादेशमा भइरहेको साफ यु–१९ महिला च्याम्पियनसिपमा नेपाली महिला टोलीले आज श्रीलंकाविरुद्ध खेल्दैछ ।   

यी दुई टोलीबीचको खेल बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा दिउँसो साढे २ बजेपछि सुरु हुनेछ । नेपाल र श्रीलंका दुवै टिम पहिलो जितको खोजीमा छन् । नेपालले पहिलो खेलमा बंगलादेशविरुद्ध गोलरहित बराबरी खेलेको थियो ।

पहिलो खेलमा श्रीलंका भुटानविरुद्ध ५-० र दोस्रोमा भारतविरुद्ध पनि ५-० गोल अन्तरले पराजित भएको थियो ।  

नेपालले बराबरी खेल्दै एक अंक बटुलेको छ । श्रीलंका भने अंकविहीन छ । ५ राष्ट्रले खेलिरहेको यो प्रतियोगितामा नेपालले तेस्रो खेलमा २ पुसमा भुटानको सामना गर्नेछ । नेपालले चौथो तथा अन्तिम लिग खेलमा भारतविरुद्ध खेल्नेछ । यी दुई टोलीबीचको खेल ४ पुसमा हुनेछ ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाको सहभागिता रहेको छ । शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् ।    





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ६:३४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया