साफ यु‍-१८ च्याम्पियनसिपमा पहिलो जितको खोजीमा नेपाल

भारतमा जारी साफ यु १८ महिला च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम खेलमा आज बंगलादेशको सामना गर्दैछ । खेल जमसेदपुरस्थित जेआर्डी टाटा स्पोर्ट्स कम्प्लेक्समा बेलुका सवा ७ बजे सुरु हुनेछ ।

बंगलादेशलाई हराउँदै नेपाल पहिलो जित निकाल्न चाहन्छ । तर, गत संस्करण विजेता बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज भने छैन । दोस्रो खेलमा बंगलादेशसँग ४–२ ले पराजित भएको नेपाल उक्त हारको बदला लिन चाहन्छ ।

नेपालले पहिलो र तेस्रो खेलमा भारतसँग क्रमश: ७–० र ५–१ को हार बेहोरेको थियो । बंगलादेश भने नेपालविरुद्धको जितलाई कायम राख्ने सोचमा छ । उसले दोस्रो  खेलमा भारतसँग १–० को हार बेहोरेको थियो ।

३ खेलमा अंक विहीन नेपाल पुछारमा रहँदा बंगलादेश २ खेलमा ३ अंकका साथ दोस्रो स्थानमा छ । च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता छ । डबल राउण्ड रोबिनको आधारमा जारी च्याम्पियनसिपको शीर्ष टोलीले उपाधि जित्नेछ । 





  • प्रकाशित मिति : चैत ९, २०७८ बुधबार ६:५१:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया