आँपको रुखबाट खसेर पत्रकार पोखरेलको निधन

गुल्मीमा रुखबाट खसेर पत्रकारको मृत्यु भएको छ । प्रहरीका अनुसार गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसीथोकका ३४ वर्षीय घनश्याम पोखरेलको घर नजिकैको आँपको रुखबाट खस्दा मंगलबार मृत्यु भएको हो ।  

उनी आफ्नै घरभन्दा केही तल दिउँसो २ बजे आँपको रुखबाट लडेका थिए । उपचारका लागि गुल्मी अस्पतालमा ल्याए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

पोखरेल नवलपरासीस्थित रेडियो दौतरीका स्टेसन म्यानेजर तथा प्रेस सेन्टर नवलपरासीका अध्यक्ष थिए । 





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार ७:२७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया