क्रसर व्यवसायीको आरोप : उद्योग बन्द गराउने उद्देश्यले मापदण्ड ल्याइयो
नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघ अध्यक्ष सीताराम न्यौपाने

नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले क्रसर उद्योग बन्द गराउने उद्देश्यले स्वार्थ समूहमार्फत मापदण्ड आएको बताएका छन् । मंगलबार उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा न्यौपानेले क्रसर व्यवसायीको बदनामी गर्ने ढङ्गले प्रशासन चलाउनेबाट प्रचारप्रसार भएको बताए ।

उनले क्रसर उद्योग बन्द नै होस् भन्ने ढङ्गले स्वार्थ समूह लागि परेको विषयमा क्रसर व्यवसायी चिन्तित रहेको बताए । न्यौपानेले निजी क्षेत्रको क्रसर उद्योग क्षेत्रमा करिब ४० अर्ब लगानी  रहेको बताए । उनले अझ मेसिनमा लगाएको लगानी जोड्दा २ खर्ब बढी लगानी रहेको बताए ।

उनले क्रसर उद्योगले सरकारको कानुनी प्रक्रिया पूरा गरेको छैन भने बाँकी प्रक्रिया सरकारले पुष्टि गर्न आवश्यक रहेको बताए । न्यौपानेले नेपाल सरकारको नीतिअनुसार क्रसर व्यवसयायीले अनुमति लिएर वित्तीय संस्थाहरूको ऋणमार्फत उद्योग सञ्चालन आएको बताए । 

‘क्रसर व्यवसायीहरुलाई बदनामी गर्ने ढङ्गले प्रचारप्रसार गर्ने,शासन प्रशासन चलाउनेले समेत राजनीतिक पहुँचका आधारमा सञ्चालनमा आएको भन्ने आरोप लागेको छ । क्रसर उद्योगहरु बन्द नै होस भन्ने ढङ्गले स्वार्थ समूह रहेको विषयमा चिन्तित भएका छौँ । क्रसर उद्योग क्षेत्रमा करिब ४० अर्ब लगानी छ,’ न्यौपानले भने, ‘सरकारको कानुनी प्रक्रिया पूरा गरेको छैन भने बाँकी प्रक्रिया के बाँकी रह्यो सरकारले पुष्टि गर्नुपर्छ । क्रसर उद्योगहरू दर्ता गर्नको लागि नेपाल सरकारबाट व्यवसायीहरुले ७२ सालदेखि माग गदै आएका छौँ । नेपाल सरकारको नीति अनुसार क्रसर व्यवसयायीहरुले अनुमति दियौँ । सहकारीहरूमार्फत ऋण लिएर उद्योग सञ्चालन गरौँ । क्रसर उद्योगहरू प्रतिवर्ष नवीकरण गर्नुपर्छ भन्ने कुरा थाहा भयो ।’

महासंघले क्रसर व्यवसायी जिल्लामा रहेका घरेलु तथा साना उद्योग कार्यालयमा कर, दस्तुर, शुल्कलगायत राजश्व रकम बुझाउन जाँदा पत्रमा नवीकरणका भाषा स्पष्ट नभएको कारण भन्दै रकम बुझ्न नमानेको र उद्योग नवीकरणसमेत नभएको बताएको छ । 

व्यवसायीले माघमा मन्त्री परिषद्ले गरेको निर्णयमा स्पष्ट क्रसर उद्योग निरन्तर नवीकरण गर्न लिखित निर्देशन आएको जनाएका छन् । 





  • प्रकाशित मिति : साउन २, २०८० मंगलबार १७:१६:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया