मियामी लिग कपको फाइनलमा, मेस्सीको उत्कृष्ट प्रदर्शन

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अमेरिकन सकर क्लब इन्टर मियामी लिग कपको फाइनलमा प्रवेश गरेको छ । आज बिहान सम्पन्न सेमिफाइनल खेलमा फिलाडेल्फियालाई ४–१ ले हराउँदै मियामी फाइनलमा प्रवेश गरेको हो । 

मियामीको जितमा जोसेफ मार्टिनेज, कप्तान लियोनल मेस्सी, जोर्डी अल्बा र डेविड रुइजले १/१ गोल गरे । फिलाडेल्फियाका लागि अलेजान्ड्रो बेडोयाले १ गोल फर्काए ।

खेलको तेस्रो मिनेटमै मियामीले अग्रता बनाएको थियो । सेर्फी क्रिभटसोभको पासमा मार्टिनेजले बक्सभित्रबाट उत्कृष्ट गोल गरे । खेलको २०औँ मिनेटमा मियामीले २–० को अग्रता बनायो । मार्टिनेजले मध्यभागमा मिलाएको बललाई अगाडि बढाउँदै मेस्सीले २५ यार्डबाट सहज गोल गरे । मियामीका लागि मेस्सीको यो नवौँ गोल हो ।  

पहिलो हाफको इन्जुरी समयमा जोडी अल्बाले तेस्रो गोल गरे । रोबर्ट टेलरले मिलाएको बललाई अल्बाले बक्स भित्रबाट सानदार गोल गरे । खेलको ७३ औँ मिनेटमा फिलाडेल्फियाका अलेजान्ड्रो बेडोयाले १ गोल फर्काए ।

खेलको ८४ औँ मिनेटमा डेविड रुइजले गोल गर्दै ४–१ को जितका साथ मियामीलाई फाइनलमा पुर्याए । अब उपाधिका लागि मियामीले शनिबार दोस्रो सेमिफाइनलको विजेताको सामना गर्नेछ । दोस्रो सेमिफाइनलमा आजै मोन्टेरे एफसी र न्यासभील एफसी प्रतिस्पर्धा गर्दैछन् । 





  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार ७:३९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया