भारतविरुद्ध नेपालको दोस्रो विकेट पतन, उत्तम शून्यमै आउट
फाइल तस्बिर

यूएईमा जारी एसिसी यू–१९ एसिया कप क्रिकेटमा भारतविरुद्ध नेपालले सस्तैमा दुई विकेट गुमाएको छ । नेपालले दोस्रो विकेटको रूपमा उत्तम थापा मगरलाई गुमाएको हो ।  

उनी ६.२ ओभरमा राज लिम्बानीको बलमा शून्यमै बोल्ड भए । नेपालले पहिलो विकेटको रूपमा दीपक बोहरालाई एक रनमै गुमाउन पुग्यो ।  उनी ४.१ ओभरमा लिम्बानीको बलमा विकेटकिपरबाट क्याच आउट भए । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले आज प्लेइङ–११ मा दुई खेलाडी परिवर्तन गरेको छ । 

नेपालले आकाश त्रिपाठी र विपिन रावलको स्थानमा दिपक बोहरा र दीपकप्रसाद डुम्रेलाई मौका दिएको हो । यी दुवै खेलाडीले पहिलो खेल खेलिरहेका हुन् ।

सेमिफाइनल यात्रा गर्ने हो भने नेपालले आज भारतलाई विशाल अन्तरले हराउनुपर्नेछ । यस्तै, नेपाल सेमिफाइनल पुग्न पाकिस्तानले अफगानिस्तानविरुद्ध पनि उत्कृष्ट जित निकाल्नुपर्ने समीकरण बनेको छ । 

नेपालविरुद्धको खेल भारतका लागि पनि महत्वपूर्ण छ । यदि नेपालसँग हार बेहोरेमा उसको सेमिफाइनल यात्रामा धक्का लाग्न सक्छ । पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले हराएको भारत दोस्रो खेलमा भने पाकिस्तानसँग ८ विकेटले पराजित भयो । अहिले ऊ २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

यता अंकविहीन नेपाल भने तालिकाको पुछारमा छ । नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट तथा दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनको हार बेहोरेको थियो ।





  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार ११:५३:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया