अष्टलक्ष्मी शाक्य बागमती प्रदेशकी मुख्यमन्त्री

नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशकी मुख्यमन्त्री भएकी छिन् । 

बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । उनले मुख्यमन्त्रीका रुपमा सपथ पनि लिएकी छिन् ।

यसअघि नेकपा एमाले विवादमा शाक्यले माधवकुमार नेपालको साथ लिँदै आएकी थिइन् । 

तर, पछिल्ला दिन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनी नजिकिएको टिप्पणी हुन थालेको थियो । 

बुधबार माधवकुमार नेपालले नेकपा एमालेबाट छुट्टिएर नयाँ दल नेकपा एमाले समाजवादी दर्ता गरेकै दिन शाक्यले मुख्यमन्त्री पदको सपथ लिएकी हुन् ।

 






  • प्रकाशित मिति : भदौ २, २०७८ बुधबार २१:३४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया