बालुवाटारमा देउवा, प्रचण्ड र नेपाल छलफलमा
फाइल तस्वीर

सत्तारुढ गठबन्धनका प्रमुख तीन दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल जारी रहेको छ । 

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल शनिबार साँझ छलफलमा जुटेका हुन् ।

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसद्‍बाट अनुमोदन गर्ने विषयमा एकमत नरहेको सत्ता गठबन्धनका नेताहरू पुन: एक पटक छलफलमा जुटेका छन् ।

कांग्रेस जसरी एमसीसी पास हुनुपर्ने पक्षमा छ । तर, माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसीको विषयमा फरक मत राख्दै आएका छन् ।






  • प्रकाशित मिति : फागुन १४, २०७८ शनिबार १९:३४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया